• मंसिर ४ गतेको चुनाव खारेजीको माग गर्दै,चैनपुरमा नेकपा विप्लवको राकेजुलुस,

    बझाङ ः बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज बझाङको सदरमुकाम चैनपुरमा राकेजुलुस निकालेको छ । पार्टीले आइतबार साँझ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमसिसि र देशका विभिन्न भू–भाग बेच्ने दलाल पार्टीहरु सहभागी भएकाले खारेजीको माग गर्दै सदरमुकाम चैनपुरमा राँकेजुल...

  • जिल्ला निर्वाचन कार्यलय बझाङ द्वारा मिडिया सङ अभिमुखीकरण कार्यक्रम सम्पन्न

    बझाङ ः जिल्ला निर्वाचन कार्यलय बझाङले जिल्ला स्थित मिडिया सङ १ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा भएका सन्चारकर्मी सङ अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो। अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधी...

  • बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

    बझाङ ः बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभए...

  • बझाङको खप्तडछान्ना र दुर्गाथली गाँउपालिकामा नमुना मतदान

    बझाङः आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय बझाङले स्थानीय तहमा नमूना मतदान कार्यक्रम सुरु गरेको छ । आज खप्तडछान्ना गाँउपालिका र दुर्गाथली गाँउपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न भएका जिल्ला निर्वाचन कार्यालय बझाङका सुचना अधिकारी भक्त नेपालीले जानकारी दिनुभयो । त्यसै क...

  • बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार

    बझाङः बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्...

  • बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु

    बझाङ,कार्तिक १८ गते । बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।जिल्लाको थलारा गाउँपालिका ८ विस्खेत निवासी नरेन्द्र जोशीका ७ वर्षिय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार बिहान डोटिको सायल गाउँपालिकामा मृत्यु भएको हो ।              भाइटिका मान्न माइतीघर डोटिको सायल ५ गुरेना गएकि आमा आरती जोशीसँ...

  • बझाङ घर भएका एक बालक धनगढीबाट सम्पर्कविहिन

    बझाङ,१४ कार्तिक। बझाङ घर भएका एक बालक कैलालीको धनगढीबाट हराएका छन् । सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीको भाैतिक पूर्वाधार बिकास मन्त्रालयकाे गेट अगाडिबाट सोमबार बिहान बालक हराएकाे आफन्तहरूले बताएका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ नाैरा बस्ने रमेश धामीका १० बर्षिया छोरा शुशिल धामी आज बिहान ६ ...

  • बझाङ सहित सुदूरका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुश

    बझाङ,कार्तिक १३ गते । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान करीब साढे नौ बजेको समयमा भूकम्पको धक्का महसुश गरिएको हो। ९ बजेर २६ मिनेटमा गएको भूकम्प जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको लेकगाउँ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले बझाङसहित सुदूरका पहाडी जिल्ला, भारत ...

  • पाटादेवलमा झडपमा संलग्न रहेको भन्दै वडा अध्यक्ष खडका पक्राउ , ५ जना फरार

    बझाङ।   जिल्लाको खप्तडछान्ना गाउँपालिका –६ पाटादेवलमा भएको झडपमा मुख्य योजना गरि घटनामा संलग्न रहेको भन्दै खप्तड छान्ना गाउँपालिका – ६ का वडा अध्यक्ष तेजबहादुर खडकालाई पहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष सहित वडा अध्यक्षका भाई भतिजाहरुले कुटपिट ज्यान मार्ने उदेश्यले योजना बनाई आफु माथी हमला गरेको बसनत पक्षको आ...

  • बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

    बझाङ,कार्तिक ६ गते । बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको आज भिरबाट लडेर मृत्युु भएको हो ।आग्रिले मदिरा सेवन गरेका कारण आइतबार बिहान गाउँ नजिकैेको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर भाइते भएको बताइएको छ । स्थानियहरुले घाइत...