जिल्ला निर्वाचन कार्यलय बझाङ द्वारा मिडिया सङ अभिमुखीकरण कार्यक्रम सम्पन्न

  खप्तड समाचारदाता  176 पटक हेरिएको

बझाङ ः जिल्ला निर्वाचन कार्यलय बझाङले जिल्ला स्थित मिडिया सङ १ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा भएका सन्चारकर्मी सङ अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो। अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नन्द किशोर यादब रहनु भएको थियो । निर्वाचन कार्यलय बझाङ र नेपाल पत्रकार महासघ बझाङ शाखाको सहकार्यमा संचालन भएको अभिमुखीकरण कार्यक्रम बोल्दै मुख्य निर्वाचन अधिकृतले जिल्लाका मतदानस्थलमा भयरहित बनाउन मिडियाकर्मीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा संचारकर्मिले पनि सजक हुनुपर्न र कर्मचारी तथा सार्बजनिक पदधारण गरेको ब्यक्तीले उल्लंघन गरे तत्काल जानकारी गराउन अपिल गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै बझाङका अती संबेदनसिल ,संबेदनसिल मतदानस्थलको निगरानी बढाउदै सुरक्षा संयन्त्र चुस्तदुरुस्त बनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताएका छन् । सञ्चारकर्मिले गर्न नहुने कार्यहरु निर्वाचन आचारसंहिता, २०७९ को दफा २५, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’, सोही दफाको खण्ड (घ) मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने’ र खण्ड (च) मा ‘कसैको पक्ष वा विपक्षमा एस.एम.एस., फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइवर, यूट्युब, इन्स्टाग्राम, अनलाइन छापा जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ र सोही दफाको खण्ड (ट) मा ‘कसैले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न नहुने र त्यस्तो टिकाटिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केवल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनु पर्ने’ व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार