मंसिर ४ गतेको चुनाव खारेजीको माग गर्दै,चैनपुरमा नेकपा विप्लवको राकेजुलुस,

  खप्तड समाचारदाता  174 पटक हेरिएको

बझाङ ः बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन खारेजीको माग गर्दै आज बझाङको सदरमुकाम चैनपुरमा राकेजुलुस निकालेको छ । पार्टीले आइतबार साँझ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमसिसि र देशका विभिन्न भू–भाग बेच्ने दलाल पार्टीहरु सहभागी भएकाले खारेजीको माग गर्दै सदरमुकाम चैनपुरमा राँकेजुलुस निकालेको हो । राँके जुलुस कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा रहेको थियो । पटक पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाति सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिस्ट पार्टी विप्लवले जनाएको छ । देशमा राष्ट्रघाती सम्झौता गर्ने यी दलहरुलाई नेपाली जनताले अब उप्रान्त मतदान नगर्न पनि विप्लव नेतृत्वको नेकपाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार