बझाङ ः निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनमा बझाङ कारागारका ३८ जना कैदीबन्दीलाई मतदान गर्न दिने भएको छ । आयोगले बझाङ कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरेर मतदान गर्न पाउने व्यवस्था गरेको हो । बझाङ जिल्ला कारागारमा रहेका ६९ जना पुरुषमध्ये आसन्न निर्वाचनमा ३८ कैदीबन्दी मतदान गर्न पाउने भएका हुन् । बाँकी रहेका कैदीबन्दीले भने केहीलाई मतदान गर्ने अधिकार दिए पनि नामावली बनाउने समय आफूहरूलाई अवषर नदिएको गुनासो गरेका छन् । कैदीबन्दीले प्रतिनिधिसभा तर्फका प्रत्यक्ष समानुपातिक उम्मेद्वारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।


178 पटक हेरिएको 









