साइपाल गाउँपालिका वडा न. ३ का वडा सदस्यको टाउकोमा गम्भीर चोट, हेलिकप्टरद्धारा उद्धार

  खप्तड समाचारदाता  207 पटक हेरिएको

बझाङ ः ।जिल्लाको साइपाल गाउँपालिका वडा न. ३ का वडा सदस्य डिकि गुरुङ को टाउकोमा गम्भीर चोट लाग्दा आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्घार गरेको छ। साईपाल गा पा वडा नं ३ का वडा सदस्य डिकि गुरुङ गाउँ नजिकै को जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथीबाट ढुङ्गा खस्दा गम्भीर चोट लागेको स्थानीय ज्ञान बहादुर बोहराले जानकारी दिनुभएको छ। ठुलो ढुंगाको चोट रहेको र टाउकोको भित्री भाग नै देखिने भएकाले बझाङमा उपचार सम्भब नभएकाले घाउतेलाई उपचारका लागि नेपालगन्ज लगेको गाउँपालिका अध्यक्ष मान बहादुर बोहोराले बताए । घाइतेको आज नेपाली सेनाको हेलिकप्टर मार्फत बाट उद्वार गरे बाफत लागेको ४लाखा बराबरको रकम गाउँपालिकाले ब्यहोर्न जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार