बझाङ,कार्तिक १८ गते । बझाङका एक बालकको डोटीमा अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।जिल्लाको थलारा गाउँपालिका ८ विस्खेत निवासी नरेन्द्र जोशीका ७ वर्षिय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार बिहान डोटिको सायल गाउँपालिकामा मृत्यु भएको हो । भाइटिका मान्न माइतीघर डोटिको सायल ५ गुरेना गएकि आमा आरती जोशीसँगै मामाघर गएका जोशीलाई गत मंगलबार घर नजिक अरीङ्गालले टोकेको बताइएको छ ।अरीङ्गालको टोकाइबाट घाइते भएका बालकलाई अस्पताल लगिएको तथा सामान्य उपचारपछि घर पुर्याएको र बिहीबार बिहान मृत्यु भएको थलारा गाउँपालिका ८ का वडाध्यक्ष टिकाराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्जान व्यक्तिले अरिङ्गालको गोलामा ढुङ्गा हानेको हुनसक्ने बताइएको छ । मृतक बालक थलारा गाउँ पालिका स्थित कालिका प्राविमा कक्षा २ मा अध्ययनरत थिए

249 पटक हेरिएको