बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार

  खप्तड समाचारदाता  125 पटक हेरिएको

बझाङः बझाङमा अहिलेसम्म १ जनाले मात्रै हातहतियार बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो। सोही अनुसार जिल्लाभरिमा १ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। निर्धारित समयमा हातहतियार नबुझाउनेहरुसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार