• १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित

    नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । ...

  • बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ  

    बझाङ : बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–९ सिमखेतको एक  कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक बजुर  खड्कासहित ५ जना जुवाडे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी ६ जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको ...

  • बझाङमा अरिङ्गालकोे टोकाइबाट एक बालकको ज्यान गयो

    बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभए पछि उनलाई आइतबार राति नै ...

  • बझाङमा जिप दुर्घटना,चार जना घाइते

    बझाङ : बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा सोमबार बिहान १० बजे जीप दुर्घटना भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।  घाइते हुनेमा तलकोट १ का ५६ वर्षिय बिर बहादुर बम, सोहि ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, ज...

  • बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारको क्रममा मृत्यु 

    बझाङ : बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ८ कि जुना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानकोट पुलबाट नदीमा हाम फालेकी युवतीको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी किशोर जोशीले जानक...

  • देशभर चिसो बढ्यो, आज देशका केही ठाउँमा बदली र वर्षा

    देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर १ तारिखमा काठमाण्डौको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस थियो । २० दिनमै काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियसले घटिसकेको छ । बितेका चार/पाँच दिनदेखि काठ...

  • अज्ञात समूहद्वारा खप्तडछान्नाको रिपिटर टावर तोडफोड, स्थानीय नागरिक सम्पर्कविहिन 

    बझाङ : बझाङको खप्तडछान्ना गाँउपालिका यतिवेला सञ्चारविहीन भएको छ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले तोडफोड गरेपछि स्थानिय नागरीकहरु इन्टरनेटको पहुँच बाहिर छन्। नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा लाखौँ मूल्य बराबरका उपकरणमा क्षति भएको छ । गाउँपालिकाको मुख्य रिपिटर ...

  • खप्तडछान्नामा कार्यान्वयन भएन तोकिएको नयाँ भाडादर, सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार

    बझाङ : खप्तडछान्ना गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही दिन अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् । जिल्लामा सवारी साधनहरुले यात्रु...

  • चाडपर्वलाई लक्षित गरी बझाङको ४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    बझाङ । बझाङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो । यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको ज...

  • बझाङमा दुई बालिकामाथि जबर्जस्ती करणी, ५१ वर्षिय पुरुष पक्राउ

    बझाङः बझाङमा दुई बालिकामाथि करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन। ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्या...