बझाङ । बझाङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।
यात्रुको सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताउनुभयो ।
बागथला, झोता लगाएत ४ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए÷नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए÷नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, जस्ता कार्यको निगरानी राख्नेछ ।


267 पटक हेरिएको 









