बझाङ : बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–९ सिमखेतको एक कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक बजुर खड्कासहित ५ जना जुवाडे पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी ६ जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। अहिले चाडपर्वको समयमा जताततै जुवाडे पक्राउ पर्ने गरेका छन् ।


313 पटक हेरिएको 









