बझाङ – निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको राजनीतिक तापक्रम उल्लेखनीय रूपमा बढेको छ। घरदैलो अभियान अन्तिम चरणमा पुगेसँगै मुख्य प्रतिस्पर्धा काङ्रेस एमाले बीच हुने स्पष्ट देखिएको छ। पछिल्लो राजनीतिक गतिविधि, सभा–समारोहमा देखिएको भीड, तथा कार्यकर्ता परिचालनको आधारमा काङ्ग्रेस उम्मेदवार एवं काङ्ग्रेस सह–महामन्त्री प्रकास रसाइलिको पक्षमा बलियो जनलहर देखिएको विश्लेषण गरिएको छ ।
रसाइलीको छवि : अनुभव, अभिव्यक्ति र पहुँच
२०७४ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका रसाइलीले संसद्भित्र सुशासन, पारदर्शिता र जनउत्तरदायित्वका विषयमा निरन्तर आवाज उठाएका थिए। दुई तिहाइ कम्युनिस्ट सरकारका बेला पनि प्रतिपक्षबाट तथ्यमा आधारित धारणा राख्दै आफूलाई स्पष्ट वक्ताका रूपमा स्थापित गरेका थिए।
उनको राजनीतिक शैली आक्रामकभन्दा पनि तार्किक र समाधानमुखी मानिन्छ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चको पारदर्शिता, सेवाग्राहीमैत्री प्रशासन र समावेशी विकासजस्ता एजेन्डाले उनलाई नीतिगत बहस गर्ने नेताका रूपमा स्थापित गरेको विश्लेषकहरूको भनाइ छ्।
काङ्ग्रेसभित्र प्रभावशाली युवा नेता तथा सभापति गगन थापासँगको निकटताले जिल्लाका विकासका मुद्दा केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउन सक्ने अपेक्षा पनि गरिएको छ ।
साथै, प्रतिनिधिसभामा उम्मेदवारी दिएका दलित समुदायका एक मात्र काङ्ग्रेस उम्मेदवारका रूपमा उनको उम्मेदवारीले सामाजिक प्रतिनिधित्वको सन्देश दिएको छ। स्थानीय दलित अगुवा मन्जित ताम्राकारका अनुसार, “बझाङको समृद्धिको आशा प्रकाश रसाइलीमै देखिएको छ ।
२६ वर्षको हारपछि एकताको रणनीति
विगत २६ वर्षदेखि बझाङमा काङ्ग्रेसले आन्तरिक व्यवस्थापन कमजोर हुँदा र अन्तरघातका कारण पराजय बेहोर्दै आएको थियो। बढी मत हुँदाहुँदै पनि अन्तिम परिणाम आफ्नो पक्षमा पार्न नसक्नु काङ्ग्रेसका लागि मुख्य चुनौती रहँदै आएको थियो।
तर यसपटक अवस्था फरक देखिएको छ। बुङल नगरपालिकामा आयोजित कार्यक्रममा जिल्लाका शीर्ष नेताहरू एउटै मञ्चमा उभिएर निर्वाचनलाई काङ्ग्रेसको प्रतिष्ठा र वारपारको लडाइँका रूपमा लिने सार्वजनिक प्रतिबद्धता जनाएपछि कार्यकर्तामा उत्साह थपिएको छ।
स्थानीय स्तरदेखि केन्द्रसम्मको नेतृत्व एक ढिक्का भएर अघि बढ्ने सन्देशले काङ्ग्रेसभित्र देखिएको गुटगत असन्तुलन कम भएको संकेत मिलेको छ। विश्लेषकहरूका अनुसार, यदि यो एकता मतदानको दिनसम्म कायम रह्यो भने काङ्ग्रेसलाई स्पष्ट लाभ पुग्न
एमालेको अवस्था र चुनौती
एमालेका उम्मेदवार ऐन महर संगठनात्मक रूपमा बलियो मानिन्छन्। जिल्लामा एमालेको संरचना व्यवस्थित र सक्रिय रहेको बुझिन्छ। तर पछिल्लो समय टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र केही व्यक्तिगत आरोप–प्रत्यारोपले पार्टीभित्रै मनोवैज्ञानिक दबाब सिर्जना गरेको चर्चा छ। यध्यपि एमाले पनि चौतर्फि प्रहारका बिच आफ्नो सानदार उपस्थिति देखाउने दाउमा छ ।
- एमालेले परम्परागत मत सुरक्षित राख्न सके प्रतिस्पर्धा कडा हुनसक्ने आँकलन गरिएको छ। यद्यपि काङ्ग्रेसले यसपटक आफ्नो मत सुरक्षित राख्न र विगतमा गुमेको मत पुनः एकीकृत गर्न सके जित सुनिश्चित हुने निष्कर्ष निकालेको बताइएको छ।


437 पटक हेरिएको 







