
बझाङ जिल्लाको बुङ्गल नगरपालिका– बिजगडामा शिवरात्रिको अवसर पारेर आयोजित अगुवा नेता–कार्यकर्ता भेलाले जिल्लाभर स्पष्ट र सशक्त सन्देश दिएको छ—अब बझाङ काङ्रेस एक ढिक्का छ। २०५६ सालको आम निर्वाचनपछि पटक–पटक अन्तरघात र आन्तरिक द्वन्द्वका कारण पराजय भोग्दै आएको नेपाली काङ्ग्रेस यसपटक भने आन्तरिक मतभेद व्यवस्थापन गर्दै अभूतपूर्व एकतासहित अघि बढेको नेताहरूले दाबी गरेका छन्।
भेलामा सहभागी शीर्ष तथा जिल्ला तहका नेताहरूले विगतका कमजोरीबाट पाठ सिकेर अब एकताबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री नरेस बहादुर सिङ, डा. सुरेश मल्ल, अर्जुनजंग बहादुर सिङ, पूर्व जिल्ला सभापति सत्यराज भण्डारी, संविधानसभा सदस्य चन्द्रा देवी जोशि , काङ्रेस केन्द्रिय सद्स्य जगत प्रसाद जोशि तथा जिल्ला सभापति खडक बोहरा लगायतका नेताहरूले काङ्रेस अहिले वारपारको निर्णायक लडाइँमा रहेको उल्लेख गर्दै सम्पूर्ण कार्यकर्तालाई व्यक्तिगत आग्रह–पूर्वाग्रह त्यागेर पार्टीको पक्षमा गोलबन्द हुन आह्वान गरेका छन्।
नेताहरूले २०५६ सालको जस्तै उत्साह, ऊर्जा र एकता अहिले पुनः स्थापित भएको दाबी गर्दै आपसी बैमनस्यता अन्त्य भइसकेको स्पष्ट पारे। “अब कसैको पनि व्यक्तिगत महत्वाकांक्षाभन्दा ठूलो पार्टी र विचार हो,” उनीहरूको साझा धारणा थियो। विपक्षी शक्तिले भ्रम, अफवाह र दुष्प्रचार फैलाएर पार्टीभित्र फाटो ल्याउने प्रयास गर्न सक्ने भन्दै सचेत, संयमित र नियमित सम्पर्कमा रहन कार्यकर्तालाई निर्देशन दिइएको छ।
भेलामा दोस्रो तहका नेताहरू, महाधिवेशन प्रतिनिधिहरू, क्षेत्रीय तथा स्थानीय तहका पदाधिकारी र युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले अब प्रत्येक वडा, टोल र बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने, विगतका उपलब्धि र आगामी योजनाबारे स्पष्ट सन्देश दिने तथा “काङ्रेसको विकल्प काङ्रेस नै हो” भन्ने सन्देश घर–घरमा पुर्याउने निर्णय गरिएको बताएकाछन ।
बुङ्गलको बिजगडाबाट उठेको यो एकताको आवाज केवल एउटा भेला मात्र नभई बझाङ काङ्रेसको पुनर्जागरणको घोषणा भएको नेताहरूको भनाइ छ। २६ वर्षअघिको गौरवपूर्ण विरासत फर्काउने दृढ अठोटसहित अब बझाङ काङ्रेस एकजुट, सक्रिय र विजयी अभियानमा होमिएको स्पष्ट सन्देश बिजगडाबाट सम्पूर्ण जिल्लामा फैलिएको छ। नेपालि काङ्रेसले केन्द्रिय सहमहामन्त्रि प्रकास रसाइलि स्नेहि लाइ उम्मेवार बनाइ चुनाबि अभियानमा होमिएको छ । नेताहरुले अहिलेका सबै उम्मेवारहरु भन्दा काङ्रेसका उम्मेवार रसाइलि निस्कलन्क , बैचारिक रुपमा बौदिक र केन्द्रिय स्तरमा राम्रो प्रभाव राख्ने र भोलिको सम्भावित मन्त्रि हुन सक्ने उम्मेवार समेत रहेकाले यो पटक अनिवार्य जिताउनु गरि काङ्रेसको आन्तरिक तयारि मजबुद बनेको छ ।


265 पटक हेरिएको 







