• समय अगावै पुल निर्माण गर्ने निमार्ण व्यवसायीलाई खप्तडछान्ना गाउँपालिकाद्धारा सम्मान

    खप्तडछान्ना गाउँपालिकाले समय अगावै पुल निर्माण गर्ने निमार्ण व्यवसायीलाई सम्मान गरेको छ । आज बुधबार बसेको कार्यपालिकाको बैठकबाट निर्धारित समय अगावै तोकिएको काम पुरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । खप्तडछान्ना गाउँपालिका – ३ मा पर्ने बामिली गाड लम्तडाको पुल निमार्ण गर्ने सुर्मा सरोबर पिके कन्स्ट्रक्सन नि...

  • सुदूरपश्चिम सरकारले गर्‍यो सय दिनको उपलब्धि सार्वजनिक

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार गठन भएको सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। मुख्यमन्त्री शाहले मङ्गलवार पत्रकार सम्मेलन गरेर सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक सय दिनको सरकारको कार्यसम्पादन सन्तोषजनक ...

  • चाडपर्व सकिएसँगै सुनसान बन्न थाले गाउँघर

    बझाङ : दशैं तिहार सकिएसँगै अहिले बझाङका गाउँघर सुनसान हुन थालेका छन् । व्यवसाय, रोजगार लगायतका काममा संलग्नहरू आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर सुनसान हुँदै गएका हुन् । व्यवसाय, रोजगार तथा विभिन्न कामले बजार वा अन्यत्र रहँदै आएकाहरू गाउँ फर्किएपछि दसैँ अवधिभर गाउँघरमा निकै चहलपहल बढेको थियो । दसैँ सकिएपछि गाउँ आएक...

  • बझाङका अधिकांश स्थानमा टेलिकमको सेवा घाम लागुन्जेल मात्र

    विश्वमा सूचना प्रविधिको विकाससँगै अप्टिकल फाइबर र एनटी फाइबर भित्रिए पनि बझाङका अधिकांश ठाँउहरूमा भने फोन गर्न पनि नेटवर्क नपाइने अवस्था रहेको छ । सदरमुकाम चैनपुर बाहेक जिल्लाका सबै स्थानहरुमा फोन गर्न पनि नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने गरेको स्थानियको गुनासो छ । अहिलेको सूचना प्रविधिको युगमा पनि गाउँमा बिहान ...

  • १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई, लुम्बिनी ८ रनले पराजित

    नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । ...

  • बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ  

    बझाङ : बझाङमा जुवातास खेलिरहेका ६ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका–९ सिमखेतको एक  कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक बजुर  खड्कासहित ५ जना जुवाडे पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले यी ६ जनालाई नगद ६६ हजार १३० र २ गड्डी ताससहित पक्राउ गरेको ...

  • बझाङमा अरिङ्गालकोे टोकाइबाट एक बालकको ज्यान गयो

    बझाङ : बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ । जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभए पछि उनलाई आइतबार राति नै ...

  • बझाङमा जिप दुर्घटना,चार जना घाइते

    बझाङ : बझाङमा जीप दुर्घटना भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा सोमबार बिहान १० बजे जीप दुर्घटना भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।  घाइते हुनेमा तलकोट १ का ५६ वर्षिय बिर बहादुर बम, सोहि ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, ज...

  • ‘बझाङ उद्योग वाणिज्य संघ कप २०८१’ सम्पन्न, भलिबलको उपाधि डोटीको शिखर नगरपालिकालाई 

    बझाङ : शिलदेवी मेलाको अवसरमा सञ्चालित "उद्योग वाणिज्य संघ कप २०८१" सम्पन्न भएको छ । सुदूरपश्चिमकै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको उद्योग वाणिज्य संघ कप भलिबलको उपाधि पुरुषतर्फ डोटीको शिखर नगरपालिका र महिलातर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेका छन् । पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको पर्शुराम नगरपालि...

  • बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारको क्रममा मृत्यु 

    बझाङ : बझाङको सेती नदीमा हाम फालेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ८ कि जुना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पानकोट पुलबाट नदीमा हाम फालेकी युवतीको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी किशोर जोशीले जानक...