बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । तलकोट गाउँपालिकाको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मंगलबार साँझ ५ बजेर ८ मिनेटमा तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।
भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशील बताए। बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ। गएको बुधबार पनि बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियोे।


295 पटक हेरिएको 










