बझाङ । नेपाल कम्युनिस्ट पाटी ( बिप्लब समूह) का जिल्ला नेता जोग कठायत एक सय तीस दिन पछि रिहा भएका छन । कैलालीको धनगढीबाट पक्राउ परेका कठायतलाई प्रहरीले नियन्त्रणमा लिएर विभिन्न ६ वटा मुद्दा लगाएर जिल्ला करागार बझाङमा राखिएको थियो ।
सरकारले नेकपा बिप्लब समुहका महासचिव र सरकार बिच बार्ता भएको झन्डै डेड महिना पछि जिल्ला नेता कठायत रिहाइ भएका हुन्।
लामो समय देखि भुमिगत रहेका कठायत जिल्लाको बौद्धिक नेताका रुपमा चिनिन्छन । तत्कालिन माओवादी शसस्त्र जनयुद्ध देखि राजनितीमा लागेका कठायत पछिल्लो समयमा नेकपा बिप्लब समुहमा सक्रिय भएर लागि राखेका थिए ।
कठायतलाई हात हतियार खरखजाना,चन्दा अतकं ,देशद्रोह लगायतका ६ वटा मुद्दा लागेका थिए । कठायतको बाजागाजा सहित बजार परिक्रमा गरेर भब्य स्वागत समेत गरिएको छ ।


1535 पटक हेरिएको 










