बैतडी । बैतडीमा बुबाले छोरीमाथि गोली हानी हत्या गरेका छन् । बैतडीको पुर्चाैडी नगरपालिका- १० का धनसिंह महराले आफ्नै विवाहित २० वर्षीया छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन् ।
गोली लागेकी धामीको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको पुरघाट प्रहरी चौकीले जनाएको छ । उनको घाटीमा गोली लागेको छ ।
छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।


593 पटक हेरिएको 









