बझाङ। उद्योग बाणिज्य संघ बझाङले बझाङमा पुग्नु भएका सबै सुरक्षाका प्रमुखलाई स्वागत गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै बाहीरी जिल्ला बाट सरुवा भएर बझाङ पुग्नु भएका प्रमुख जिल्ला अधिकारी, नेपाल पहरीका प्रमुख डिएसपि, शशत्र प्रहरीका प्रम्ख डीएपि तथा नेपाली सेनाका मेजरलाई फुल माला सहित स्वागत गरेको हो । उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले आ आफ्नो धारण राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले ब्यापारीहरु बाट बढी कालो बजारी हुने गरेको गुनासो आम नागरीकहरु बाट सुनिन आएका कारण यसको नगरानी उद्योग बाणिज्य संघले समेत गर्न आग्रह गर्नु भयो । साथै जिल्लाको विकासका लागी प्रहरी प्रशासन र उद्योगी ब्यापारी तथा उद्योग बाणिज्य संघले एकजुट भएर अघि सुर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले हरेक क्षेत्रमा प्रहरी तथा प्रशासन संग समन्वय गरेर अघि सर्ने गरेको बताउनु भयो । साथै उहाँले जिल्लाको विकासका लागी उद्योगी तथा ब्यापारीहरुको महत्वपुर्ण योगदान तथा भुमिका रहेका कारण सबैले उद्योग ब्यापारीहरुलाई सकारात्मक तरीकाले हेरीतथा ब्यावहार गरी दिन समेत आग्रह गर्नु भयो ।


441 पटक हेरिएको 







