गणघट्ट लघु जलविद्युत आयोजनाको मुहान बगाउदा एक करोड भन्दा बढीको क्षती

  शुभकामना कुमारी रोकाया  508 पटक हेरिएको

बझाङ । जिल्ला विकट साईपाल गाउँपालिकामा रहेको गणघट्ट लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाएको छ । २०७३ साल देखी निर्माणधिन अवस्थामा रहेको साईपाल गाउँपालिका वडा नम्बर १ र २ मा पर्नेे गणघट्ट लघु जलविद्युत आयोजनाको मुहानमा भदौ २८ गते आएको बाढीले बगाउदा १ करोड ९ लाख बराबराको क्षती गरेको छ ।

स्थानीय तहको निर्वाचन पछि सुरु गरीएको उक्त लद्यु जलविद्युत आयोजना अहिले सम्म पनी पुरा हुन सकेको छैन । हाल सम्म स्थनीय तहको मात्रै झण्डै १ करोड ७५ लाख भन्दा बढी लगानी भई सकेको छ । गणघट्ट लघु जलविद्युत आयोजनाको अध्यक्ष कम्मान बोहराले भन्नुभयो , मुहान देखी झण्डै एक सय पचार मिटर भन्दा बढी बाँध गणघट्ट खोलाले बगाएको छ ।
साईपाल गाँउपालिका वडा नम्बर १र २ का १ सय ४५ घरधुरीका लागी निर्माण हुन थालेको उक्त लद्यु जलविद्युत आयोजनाको काम अहिले पनी संचालनमा रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ३५ लाख रुपैया लगानी र बाँकी साईपाल गाँउपालिकाको लगानीमा उक्त विद्युत बन्न लागेको थियो । .सदरमुकमा चैनपुरबाट झण्डै २ दिनको पैदल यात्र पछि पुग्न सकीने साईपाल गाउँपालिका वडा नम्बर १ र २ धलौनमा हाल वद्युत नहुँदा यहाँका स्थानीय बासिन्दाले झरो तथा टुकी सोलारले गुजारा चलाउदै आएको स्थानीय बासिन्दा मिलन धामीले बताउनुभयो । विद्युत नहुँदा मोबाईल भएपनि चार्जचर गर्न निकै समस्या हुने गरेको उहाँको भनाई छ ।
यस बर्ष पनि गाउँपालिकाले उक्त विद्युत निर्माणका लागी झण्डै ८७ लाख ९९ हजार रुपैया विनीयोजन गरिएको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । यसै बर्ष भित्र विद्युत संचालन गर्ने उदेश्य भएपनि गण घट्ट खोलाले नहर नै बगाए पछि समस्या भएको र विद्युत संचालनमा लागी आफुहरु लागी परेका उहाँले बताउनुभयो । हाल साईपाल गाँउपालिकाका वडा नम्बर २ को जिमा र वडा नम्बर ३ र ४ मा भने विद्युत संचालनमा रहेको छ । उहाँले अब विद्युत संचालन हुन वडा नम्बर १ र २ मा मात्रै बाँकी रहेको र विद्युत संचालन गर्नका गाउँपालिकाले पहल गरि रहेका थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार