स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा जयपृथ्बी र छबिसपाथीभेरा प्रथम

  खप्तड समाचारदाता  207 पटक हेरिएको

 

स्थानीय तहहरुमा स्वास्थ्य क्षेत्रमा भएका काम, कार्य सम्पादन र सुचकको आधार जिल्लाको जयपृथ्बी नगरपालिका र छबिसपाथिभेरा गाउँपालिका प्रथम भएका छन् । त्यसै गरि दोस्रोमा थलारा गाउापालिका र तेस्रोमा बुङ्गल नगरपालिका रहेका छन् ।
आर्थीक बर्ष २०८०÷ ०८१ जिल्लामा संचालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा जिल्ला भरिको पालिकाहरुको मुंल्यांकन गरिएको हो । ३ दिन सम्म संचालन भएको उक्त कार्यक्रममा स्वास्थ्य संस्थाहरुको प्रगती समिक्षा , काम गरेको उपलब्धी र काम गर्ने तरिका र चुनौती सहितको प्रस्तुती गरिएको थियो । सबै पालिकाको रिपोटिङ , एक बर्ष भित्र गरेको सकृयता लयागतका बिभिन्न सुचकहरुका आधारमा मुंल्याकन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लाल बहादुर धामीले बताउनुभयो । उहाँले जिल्ला भरि उत्कृष्ट काम गर्ने कर्मचारीहरुको समेत मुंल्याकन गरि थप हौसला प्रदान गर्न जिल्लाका अधिकाशं स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान गरिएको हो । पालिकामा रहेर उत्कृष्ट काम गर्ने प्रत्येक पालिकाका स्वास्थ्यकर्मी , जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान गरेको हो । काडा स्वास्थ्य चौकीबाट अनमी रामदेबी उपाध्याय , दातोला स्वास्थ्य चौकीबात सिअहेब लाकेन्द्र कठायत, सुनिकोट स्वास्थ्य चौकीबाट सिअनमी बिजया तामाङ , भातेखोला स्वास्थ्य चौकीबाट जनस्वास्थ्य निरिक्षक रमेश कामी , रिलु स्वास्थ्य चौकीबाट अनमी कमला धामी , सुर्मा स्वास्थ्य चौकीबाट सिअनमी पन्चमती बोहरा, सामुदायिक स्वास्थ्य केन्द्र गोतन्नबाट बिपना बिक, लेकगाउँ स्वास्थ्य चौकीबाट जनस्वास्थ्य निरिक्षक देउपाल जप्रेल रहेका छन् । त्यसै गरि मटेला स्वास्थ्य चौकीबाट अनमी सत्य कुमारी जोशी , आधारमुत स्वास्थ्य केन्द्र चुहावनबाट अहेव लाल बहादुर धामी , चौधारी स्वास्थ्य चौकीबाट सिअनमी कबिता रावल , भैरवनाथ स्वास्थ्य चौकीबाट जनस्वस्थ्य निरिक्षक लक्ष्मी बोगटी जोशी , रायल प्राथमिक स्वास्थ्य केन्द्रबाट सिअहेव महेन्द्र बहादुर चन्द, छान्ना स्वास्थ्य चौकीबाट अनमी ज्योती केसी , गडराय स्वास्थ्य चौकीबाट अनमी मिनदेबी रोकाया , दंगाजी स्वास्थ्य चौकीबाट जनस्वास्थ्य निरिक्षक रचना बुढा , कोटभैरव स्वास्थ्य चौकीबाट अहेब भबेन्द्र ओखेडा , दहबगर स्वास्थ्य चौकीबाट अनमी दलमाया भुजेल रहेका छन् । त्यस्तै देउलीकोट स्वास्थ्य चौकीबाट सिअहेब पुस्पराज जोशी , देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट मेडिकल अधिकृत डा.सागरबाबु पाण्डे , सुनकुडा स्वास्थ्य चौकीबाट सिअनमी निला ठाकुर चैनपुर स्वास्थ्य चौकीबाट सिअनमी रमा रोकाया र अहेव उमेश रताला रहेका छन् । महिला स्वास्थ्य स्वयम् सेबिका मध्येबाट दुर्गाथली गाउँपालिकाकी हर्कु देबि जोशी त्यसै गरि जिल्ला अस्पतालबाट मेडिकल अधिकृत पदमराज जोशी र शिद्घराज रोकाया रहेका छन् । जिल्ला अस्पतालकी बरिष्ट अनमी सुनिता खत्री , अनमी सत्य कुमारी खड्का लाई समेत सम्मान गरिएको हो । त्यस्तै कार्यक्रममा स्वास्थ्य कार्यलयबाट जनस्वास्थ्य निरिक्षक दिपेन्द्र राज मिश्र , तथ्याकं अधिकृत कटक बहादुर सार्की , क्षे.कु.नी संजिब भण्डारी , नासु अमर सुनार र कार्यालय सहयोगी जगतराज जोशीलाई सम्मान गरिएको हो । त्यसै गरि स्वास्थ्यको क्षेत्रमा जिल्ला भरि काम गरिरहेका गैरसरकारी संस्थाहरुलाई समेत सम्मान गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार