बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको ज्यान गयो

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् भने अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । घटनाको बिषयमा थप अनुसन्धन भैरहेको बैतडी प्रहरीले जनाएको छ ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार