सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय

समर्थन फिर्ता लिएपछि सुदुरपश्चिम प्रदेशमा सरकार फेरिने निश्चित

  कल्पना उपाध्याय  220 पटक हेरिएको

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य रमेश बिकले जानकारी दिनुभयो ।

२१ जना केन्द्रीय सदस्यमध्ये बैठकमा १२ जना मात्रै सहभागी थिए । पार्टीका संरक्षक रेशम चौधरी देश बाहिर हुनुहुन्छ । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबीच नयाँ गठबन्धनलाई समर्थन गर्ने विषयमा विवाद छ ।

यसअघि केन्द्रमा गठबन्धन परिवर्तन भइसकेपछि पनि नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा थप मन्त्री पठाएको थियो । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि सुदुरपश्चिम प्रदेशमा सरकार फेरिने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार