बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । खप्तड छान्ना – ४ स्थित दुर्गा महालिङ्ग उच्च माविको खेलमैदानमा शनिबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले गरे । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको चालू आर्थिक बर्षको वार्षिक कार्यक्रम अनुसार अघिल्लो बर्ष झैं यो बर्ष पनि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गरिएको अध्यक्ष रोकायाले बताए । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रोकायाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । उनले खेलकुद जिवनका लागि समेत महत्त्वपूर्ण भएको बताउदै खेलकुदका माध्यामबाट आफू मात्र नभै समाज र देशलाई समेत चिनाउन खेलकुदले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बर्क बहादुर रोकायाले गाउँपालिकाका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिने बताए।

प्रतियोगितामा भलिबल, सटपुट, दौड, हाइजम्प लङजम्प रिले दौड लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा गाउँपालिका भित्रका ८ विद्यालय सहभागी छन् ।


212 पटक हेरिएको 









