बिपन्न परिवारका अस्थायी घर बनाउदै युवा नेता ऐडि , पिडितले भने; हाम्रा लागि देउता आए

  खप्तड आवाज समाचारदाता  382 पटक हेरिएको

गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र बिन्दु बनाएर आएको भुकम्पका जिल्लामा ठूलो जनधनको क्षती भयो । अधिकाशं घरहरु चिराचिरा भए । भुकम्पका कारण घरहरु मात्र चिरा चिरा भएनन् बझङका अधिकाशं जनताका मन समेत चिरा चिरा भए । भुकम्पका कारण जिल्लाको जनजिवन समेत अस्तब्यस्त भयो ।


भुकम्पका कारण घर भत्केर मष्टा गाउँपालिका वडा नम्बर –२ डुग्रीकी एकल महिला बेलमति विष्टको त्रिपाल मुनि बास बस्दै आउनुभएको थियो । आर्थिक रुपले बिपन्न रहेकी बिष्टको कोही पनि रासहारा थिएनन् । समाजसेबी तथा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका केन्द्रिय सदस्य समेत रहेका बिष्णु ऐडिले एकल महिला तथा बिपन्नका लागी अस्थायी घर बनाउने अभियानको सुरुमै बिष्टाको अस्थायी घर बनाई दिएपछि बिष्ट परिवारमा भुकम्पले खोसेको खुशी केही हद सम्म भए पनि फर्कियो । बेलमती बिष्टले भन्नुभयो, “ बिहानै भत्केका घरहरू हेर्दै आउनुभएको थियो । हामी त्रिपालमा बसेका देखेर सोधपुछ गर्नुभयो । टहरा बनाइदिने आश्वासन दिनुभयो । कहिले फर्केर आउलान् जस्तो लागेको थियो । दिउँसै आएर बनाइ दिनुभयो । अब अर्को घर नबनाउन्जेल बस्न मिल्ने भएको छ । बर्षौ देखि ऋण निकालेर बनाएको घर भुकम्पले भत्काए पछि पाल टागेर बस्दै आएका थियौ । हाम्रा लागी बिष्णु ऐडि देउता बनेर आउनुभयो ” । ऐडि सहित उहाँका शुभचिन्तकहरुको टोलीले टिनको अस्थायी घर एक दिनमा निर्माण गरि दिएपछि बिष्ट परिवारमा खुशीयाली छाँयो । उहाँले भन्नुभयो, चिसो मौसममा रात काट्न निकै गाह्रो थियो । अहिले टिनको घर बनेपछि ढुक्कले सुत्न पाएका छौ । विष्टका परिवारले तीन वर्षको भारतको कमाइबाट गाउँमा पक्की घर बनाउनुभएको थियो । तर, गत महिनाको भूकम्पले क्षतविच्छेद भएपछि चौरमा बस्नुहुन्थ्यो ।

  1. उहाँले अहिले सम्म राहतको नाममा एउटा त्रिपाल र एक जोर लुगाबाहेक कसैले केही नपाएको गुनासो सुनाउनुभयो ।
    जयपृथ्वी नगरपालिका – ७ सुवेडा घर भएका बर्ष १३ का शिव भण्डारी विपन्न परिवारका एकल सदस्य हुन् । घरका मुली दुबै बुवा आमा गुमाएपछि उनि टुहुरा हुन् । भण्डारी बस्ने घर भुकम्पले भत्काए पछि छिमेकी संग बस्दै आएका थिए । पिडाहरूलाई मध्ये नजर गरि समाजसेबी ऐडिको नेतृत्वको टोलीले घर निर्माण गरिदिएको छ । पछिल्लो समय काम भन्दा पनि प्रचारबाजीमा बढि ब्यस्त रहने नेताहरूलाई चुनौती दिदै नेता ऐडिले पिडीतहरूको दुख देखेर बस्ने बासको जोहो गर्दै आईरहेका छन् । यी दुई वटा प्रतिनिधीमुलक परिदृस्य मात्र हुन् । त्यस्तै ऐडिले मष्टा गाउँपालिका १ एक्ल महिला दुर्गा खड्का र लक्ष्मी रावल र जयपृथ्बी नगरपालिका –११ का ईजरायलको बम आक्रमणमा परि मृत्यु भएका गाणेश नेपालीको घरमा समेत बनाई दिनुभएको छ ।
    भूकम्पले क्षेदविच्छेद भएको ठाउँमा ऐडीको टोलीले आफ्नै खर्चमा अस्थायी टहरा निर्माण गर्न थालेपछि उहाँलाई भेट्ने र आफ्ना समस्या सुनाउनेको लाइन छ । ऐडिले भन्नुभयो, “भुकम्पले जिल्लामा धेरै क्षती गरेपछि चिसो मौसममा त्रिपालमुनी बसेका कारुणिक तस्विरले आफुलाई निकै भाव बिह्वाल बनाएकोले केही आफ्ना शुभचिन्तकहरुको सहयोग र आफ्नै लगानीमा अहिले टिनका अस्थायी घर निार्माण गर्ने अभियानमा रहेको छु । अहिले सम्म ७ वटा घर बनाई सकेको र दुई वटा घरको आशिंक मर्मत स्वरुप टिनको छाना हालि दिएको र अभियान अझै जारी रहेको छ ” । उहाँले आफुहरुले बिषेश गरि आफन्त नभएका एकल महिला , बिपन्न परिवारलाई आफैले गएर स्थलगत अवलोकन पछि मात्र अस्थायी घर बनाउने गरेको समेत बताउनुभयो । राज्य नपुगेको ठाउँमा ऐडीको दरिलो उपस्थितिले भुकम्प पिडितहरुलाई मलम पट्टिको काम मात्र नगरेर राजानिती र समाजसेवा गर्नेहरुलाई समेत चुनौती दिनुभएको छ । ऐडिको नेतृत्वको टोलीले अहिले मष्टा गाउँपालिकामा ४ वटा, छबिस पाथिभेरा गाउँपालिकामा १ वटा र जयपृथ्बी नगरपालिकामा २ वटा अस्थायी घर निर्माण गर्नुभएको छ ।
    गत असोज १६ गते आएको भूकम्पले बझाङमा १२ हजार भन्दा बढी संरचनामा क्षति पु¥याएको थियो । थलारागाउँपालिका, खप्तडछान्ना, जयपृथ्वी, मष्टा, तलकोट, केदारस्यू, सुर्मा गाउँपालिकामा त दुई÷दुई हजारभन्दा बढी संरचनामा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार