उमेश रोकाया,खप्तडछान्ना -३ बझाङ सिल्काबाडा
हाल : शिक्षक ,बैतडी
तिमी कविता हौ , तिमी काव्य हौ ,उपन्यास काे मुख्य पात्र हौ,
समग्रता मा तिमी एउटा सुन्दर सृजना हौ।
तिम्रा बारेमा काेरिने हरेक अक्षर मा तिमी साक्षत उपस्थिति हौ।
मैले त शब्द पहिराई दियकाे मात्र हु।
त्य्सैले त तिमी सुन्दर उपहार हौ।
हिड्दा देखिने हरेक वस्तुमा तिम्राे चित्र टासियकाे देख्छु,
आकाश काे जुन सङ्ग तिमी खेलेकाे देख्छु,
धर्ति काे सतह मा नाचेकाे देख्छु,
हिमालयकाे हिउँ ओढेर हासेकाे देख्छु,
त्यसैले त तिमी सुन्दर उपहार हौ।
तिमी सङ्ग मेराे अन्तरङ्ग त छैन ,
त्यै पनि लाग्छ तिमी सङ्ग दशकौ काे सम्बन्ध छ,
धर्ति र आकस ले ब्राह्मड काे सुनदरता झल्काउने गर्छ।
त्यसरिनै तिमी सङ्ग को कल्पित भाव मा हृदयकाे सृष्टि मा गुलाफी माया काे वृष्टि गराउन्छ।
त्यसैले त तिमी सुन्दर उपहार हौ।
लाग्छ तिमी आलौकिक माया काे रास हौ,
मेराे हृदय ले आकलन गर्दछकि तिमी सुन्दर चित्र भित्र काे अनेकौ सुन्दर रुप हौ,
अध्यारो आकाश को जुन हौ।
त्यसैले त तिमी सुन्दर उपहार हौ।
तिम्रो विषाद झल्किने आकृति कल्पिन्छु
मलिनता भित्र काे सुन्दरता नियाल्छु।
आलिङ्गन मा लिन्छु मायावि स्पर्श गर्छु
हरेक रात सपना लाई किनेर सजाउन्छु।
एकचिम्चा हृदय देखि काे माया उपहार स्वरुप विसाउन्छु।
त्यसैले त तिमी सुन्दर उपहार हौ।


555 पटक हेरिएको 









