खप्तड छान्नामा रिड नेपालले दिइरहेको शैक्षिक व्यवस्थापन सम्बन्धि तालीम सकियो

शैक्षिक सुधारमा थप ज्ञान प्राप्त भएको भनाई

  शुभकामना रोकाया  195 पटक हेरिएको

बझाङ : खप्तड छान्ना गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई रिड नेपालले दिईरहेको शैक्षिक व्यवस्थापन सम्बन्धि तालिमको आज समापन गरिएको छ । शैक्षिक उन्नयनमा काम गर्दै आएको रीड नेपालले खप्तड छान्ना गाउँपालिकासँग समन्वय गरी सोमबारबाट सुरु गरिएको ३ दिने तालीमको आज बुधवार समापन गरिएको हो ।

खप्तड छान्ना गाउँपालिका वडा नं. २ का ५ विद्यालयबाट सहभागी २८ जनाले तालीम लिएका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार, विद्यमान शैक्षिक नीति नियम, नेतृत्व विकास, बालमैत्री विद्यालय, विद्यालयको वर्तमान अवस्था र आगामी दिनमा समितिको भूमिका लैङ्गिक समावेशी शिक्षा लगायतका विषय समेटिएको र सहभागीलाई तालीम दिइएको रिड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले बताउनु भयो ।

व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई दिइएको ३ दिने शैक्षिक व्यवस्थापन सम्बन्धि तालीम विद्यालय सुधारको लागि निकै महत्त्वपूर्ण रहेको तालीममा सहभागीहरूले बताएका छन् । उक्त तालीम मार्फत आफूले शैक्षिक सुधारको थप ज्ञान प्राप्त गरेको उनीहरूले धारण व्यक्त गरेका छन् ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालिका – २ का वडाअध्यक्ष ज्योति बोगटीले समग्र विद्यालय सुधारको लागि यो तालिम निकै महत्त्वपूर्ण रहेको र तालिम पछी विद्यालय सुधार हुने आशा व्यक्त गर्नुभयो । साथै उहाँले हामि सबै हातेमालो गर्दै सिकाइ वातावरण सुधार गर्न लाग्नुपर्ने अनुगमनको पाटाेलाई पनि बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै लामातोला माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापाले रीड नेपालले आवस्यकताको आधारमा तालिम सञ्चालन गर्दै आएको र यो तालिमले शैक्षिक वातावरण सुधारमा थप सहयोग हुने बताउनु भएको छ । उक्त तालीममा सहजीकरण शिक्षा विकास संयोजक जनकराज जोशी र उमा भट्टले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार