बझाङको बुंगलमा भिरबाट लडेर एक महिलाको मृत्यु

  खप्तड समाचारदाता  707 पटक हेरिएको

बझाङ ः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका –६ लिसड कि २६ वर्षीया दुर्गा देवि धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । (सोमबार) हिजो साझ करिब ४ बजेको समयमा दाउरा काटेर घर फर्किने क्रममा माला धौन भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घाईते भएकी थिन । घाईते धामीकोे टाउकोमा धेरै चोट लागेको र उपचारका लागी धनगढी लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतक धामीका २ छोरा र २ छोरी रहेका छन् । उनका श्रीमान् रोजगारको सिलसिलामा भारतमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार