बझाङ । बझाङको छबिसपातिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउमा शुक्रवार दिउसो करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपातिभेरा गाउँपालिका वडा नं १ गिठिपाटा घर भएका ४० बर्षिय शिबहरी गिरी रहेका छन । उनको आज दिउसो सडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलिको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते गिरीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


259 पटक हेरिएको 









