केशव महरा कार्तिक ६ गते बझाङ ; बझाङमा मतगणना मंगलबार (आज) बाट सुरू हुने भएको छ । बझाङ जिल्लाको विकट साईपाल गाउपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका ल्याउनका लागी आज बिहान सुर्खेत बाट हलिकप्टर बझाङ पुगेको छ । आज मतपेटिका ढुवानी गरिसकेपछि आजै सर्वदलिय बैठक बसि मतगणनाको कार्य सुभारम्भ गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै साईपाल गाउपालिका वडा नम्बर १ र २ को मतपेटिका भने हिजोे नै पैदल बाट सदरमुकाम चैनपुर पुगाइएको छ । हिजो हेलिकप्टर बाट मतपेटिका ढुवानि गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो । विकट ठाउँमा पैदलबाट मतपेटिका ढुवानि गर्न सम्भब नभए पछि हलिकप्टरको माग गरिएको हो ।


168 पटक हेरिएको 









