डोटीमा भुकम्पले घर भत्किदा एक महिला र दुई बालबालिकाको मृत्य

  खप्तड समाचारदाता  877 पटक हेरिएको

बझाङः डोटीमा भुकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको जानकारी दिए । तर उनीहरुको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेको उद्दार जारी रहेको उपाध्यायले बताए । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको छ । भुकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ । यसअघि मंगलबार राति ९ बजेर ७ मिनटमा ५.७ रेक्टर स्केलको भुकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार