आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक कार्यक्रम जनप्रिय माविमा सम्पन्न

  खप्तड समाचारदाता  691 पटक हेरिएको

बझाङ ः मानसिक स्वास्थ्य तथा आत्महत्या न्युनिकरण सम्बन्धि बिद्यार्थीहरुलाइ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १ को जनप्रिय माविमा विद्यार्थीहरुलाइ अभिमुखीकरण कार्यक्रम गरीएको हो । आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । किशोरा अबस्थामा बढि मानसिक समस्या र आत्महत्याको बिचार आउने भएकाले यसलाइ कसरी कम गर्न सकिन्छ भन्ने बारे बिद्यार्थीहरुलाइ मानसिक स्वास्थ्य तथा आत्महत्या न्युनिकरण सम्बन्धि जानकारी दिइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी छबिसपाथीभेरा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष करनजँग बहादुर सिह रहनुभएको कार्यक्रममा बिशिष्ट अतिथी जनप्रिय माबीका प्रअ पदम खड्रका रहनुभएको थियो । प्रशिक्षण जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुरेश बहादुर रावल, दिपक ऐडिले गर्नुभएको थियो । कार्यक्रममा ९ देखी १२ कक्षा सम्मका ४० जना बिद्यार्थी र १० जना शिक्षकको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार