बझाङ । कोरोना भाईरसको महामारीका कारण बर्षेनी अबरुद्ध हुँदै आएको सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा मनाईने प्रशिद्ध मेला बान्नीकी चैतलीमा तिन बर्ष पछि हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । गएको तिन बर्ष यता कोरोना भाईरसको संक्रमणका कारण औपचारिक पुजा गरि सम्पन्न गरिदै आएको थियो ।
यस बर्ष भने स्थानीयले उत्साहका साथ बान्नीकी चैतली मेला धुमधामले मानाएका छन् । परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारे पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।
होली पुर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भए पछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको बान्नी मष्टाका पुजारी निर्पराज जोशीले बताउनुभयो ।
सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ । झण्डै २५ मिटरलामो कांकरलाइ मानिसहरुले समाएर ३ सय मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकर लाई बान्नी मष्टाको मन्दिरमा चढाए पछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु विच भकुन्डो खेल्ने प्रचलन रहेको छ ।
यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु कडेल गाविसको बान्नी चौरमा आउने गर्दछन । राक्षस लाई मारी सके पछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ ।
चैतली मेलामा बोर्डको सहभागीताले यहांको संस्कृती प्रर्बधनहुने र पर्यटकहरुको आवागमन बढ्ने आफुहरुले आसा राखेको स्थानीय शुरेस रोकायाले बताउनुभयो । यस वर्ष १० हजार भन्दा बढी दर्शनार्थीले चैतली मेला हेरेको उहाँको भनाई छ ।


578 पटक हेरिएको 









