बझाङ । नेकपा एमाले बझाङ जिल्ला कमिटीले आयोजना गरेको आमसभालाई हेर्न आएका एक जना कार्यकर्ताको खोला डुबेर मृत्यु भएको छ । नेकपा एमालेका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम हेर्न आएका जिल्लाको बित्थड चिर गाउँपालिका ४ मल्लाभताडा घर भएका १८ बर्षिय कोमल बोहरा आम सभा स्थल नजिकै बाहुली गाडमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले बताउनुभयो ।
मृतक बोहरा पालिकाका एमाले नेता कार्यकर्ता संगै सदरमुकाम चैनपुर आएका थिए । एमालेका बिशाल जनसभा तथा पार्टी प्रबेश कार्यक्रममा एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बझाङ आउने भएपछि एमालले जिल्लाका १२ वटै पालिकाबाट नेता कार्यकर्ता तथा शुभचिन्तकहरु सदरमुकाम चैनपुर झारेको थियो ।
बृहत आम सभा संचालन तथा नेताहरुको भाषण भई रहदा बाहुलीगाडको बगरमा गर्मी भएपछि बोहरा लगाएत केही युवाहरु खोलामा नुहाउन गएका थिए । खोलामा नुहाई रहेका बोहरा पौडि खेल्न नसकेर पानीमा ढिला समय सम्म डुबे पछि आम सभा स्थलका मान्छेहरु तथा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकका आफनत नरेश बोहराले भन्नुभयो, पार्टीको कार्यक्रममा आएकाले मृतक परिबारलाई सहानुभुती दिनु पर्ने हो । मृतक बोहरालाई जिल्ला अस्पताल बझाङमा मृत घोषणा गरिएको थियो । मृतकको शब अहिले जिल्ला अस्पताल बझाङ राखिएको छ ।


691 पटक हेरिएको 









