वडा अध्यक्ष बिष्टले दिए आफ्नो ५ बर्षको पारिश्रमिक बिद्यालयलाई

  कल्पना उपाध्याय  778 पटक हेरिएको


बझाङ,। जिल्लाको जयपृथ्बी नगरपालिका– १०का वडा अध्यक्ष दल बहादुर बिष्ट(कृष्ण)ले आफुले ५ बर्षमा पाउँदै आएको पारिश्रमिक बाफतको रकम सत्यबादी माद्यामिक बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष बिष्टले “कृष्ण पुष्पा फाउण्डेसन”को नामबाट सत्यबादी माद्यामिक बिद्यालयलाई १५ लाख रुपयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

जयपृथ्बी नगरपालिका १० सदरमुकाम चैनपुरका स्थानीय समेत रहेका बिष्ट २०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट बिजयी हुनुभएको थियो । बिजय भए पछि बिष्टले आफुले ५ बर्षको अबधीमा पाउने सम्र्पुण पारिश्रमिक सत्यबादी माद्यामिक बिद्यालयलाई दिने घोषणा गर्नुभएको थियो ।

बझाङ जिल्लाका जनप्रिय नेता समेत रहनु भएका बिष्टले यस अगाडी समेत सदरमुकाम चैनपुरमा रहेका बिपन्न बादी समुदायलाई दशै तिहारमा चाड खर्च लगायतका समान दिएर समेत चर्चामा आउनुभएको थियो ।

बिद्यालयमा एक छुट्टै कोष बनाएर गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृदिमा सहयोग गरिने समेत वडा अध्यक्ष बिष्टले जानकारी दिनुभयो । उहाँले आफुले पढेको बिद्यालयमा साथै शिक्षा जस्तो पबित्र क्षेत्रमा सहयोग गर्न पाउँदा आफुलाई निकै खुशी लागेको समेत बताउनुभयो ।
जनप्रतिनिधी हुनु भन्दा अगाडी समेत बिष्टले सदरमुकाम चैनपुरका सबै क्षेत्रमा सडक खोल्नका लागी महत्वपुर्ण भुमिका खेलेको भन्दै चर्चामा आउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार