हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना,एक जनाको मृत्यु

  खप्तड समाचारदाता  482 पटक हेरिएको

बझाङ,माघ २१ गते । हिउमा हिँउमा चिप्लिएर ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको थलारा गाँउपालिका ३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्टरका सहचालक थलारा गाउँपालिका २ का २५ वर्षीय लाल दाहलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो ।
बिहिबार साँझ झनानाबाट बालुवा लिएर दंगाजी तर्फ जाँदै गरेको सुप्रप ०१००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भएको उहाँले बताउनुभयो । उकालो र चिप्लो सडक त्यसैमा हिउँ समेत परिहेकाले ट्याक्टर चिप्लिएर दुर्घटना भएको हो ।
बिहिबार दिउँसो देखि निरन्तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो । सुक्रबार दिउँसो समान्य बर्षा रोकिए पछि मृतकको लास पोष्टमार्टमका लागी जिल्ला अस्पाताल ल्याईदैछ । रातिको वर्षासँगै परेको हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार