पहिरोले थुनिएको सानीगाड खोल्न नेपाली सेना परिचालन

  कल्पना उपाध्याय  312 पटक हेरिएको

बझाङ । बुधबार देखि अविरल रुपमा परेको वर्षाका कारण आएको पहिरोले सानीगाड थुनिए पछि नेपाली सेना परिचालन गरिएको छ । बझाङको बुगंल नगरपालिका ७मा पहिरो गई सुक्रबार दिउसो सानीगाड थुनिए पछि दुई घर पुरिएका थिए । सानीगाड खोलाको माथिबाट आएको पहिराले सानीगाड नै थुनिए पछि दुई घर पुरिएको थिए भने नदीमा ताल परेको थियो ।
सनिबार बिहान नेपाली सेनाको टोली त्यस तर्फ प्रस्थान गरेको छ । टोलीले थनिएको नदीको बाधलाई भत्काउन बम प्रयोग गर्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले भन्नुभयो, कालंङ्गा हाईड्रोको सहकार्यमा नेपाली सेना परिचालन गरिएको छ । उहाँले सानीगाड र कालङ्गा नदीको आसपासका बस्तीहरु जेखिम रहेकाले सचेत रहन सबैलाई आग्रह गरेको समेत बताउनुभयो । सुक्रबार एक्कासी माथीबाट भिर भत्केर खोलामा परे पछि नदी थुनिएर ताल बनेको थियो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको बताउनुभयो । उहाँले पहिले घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका समेत बताउनुभयो ।
घर पुरिदा स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताउनुभयो । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत उहाँले जानकारी दिनुभयो । कालङ्गा र सानीगाड आसपासका दुई दर्जन भन्दा बढी गाउँहरु जोखिममा परेका छन् । यसका साथै नदीले बुगंल क्षेत्रका गाडको आसपासका क्षेत्रमा भएका सयौ रोपनी खेती योग्य भुमी कटान गरेको छ भने हजारौ रोपनी खेती योग्य भुमी समेत जोखिममा परेका छन ।
यता बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले सानीगाड तथा कालंगागाड आस पासका बस्तीमा सचेत रहन आग्रह समेत गर्नु भएको छ । उहाँले नदीको वहाव बढ्दै गई रहेकाले नदी आसपासका बस्तीहरुलाई सचेत रहन आग्रह गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार