
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाले आईतबार बझाङका विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बझाङको छान्ना गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाण्डौँ बस्दै आएका नेपाल विद्याथी संघका नेता देव बहादुर सिह र केदारस्युँ गा पा ६ घर भई अध्ययनकाे लागि काठमाडौ बस्दै आएका नेबिसंघका नेता आकाश डिसिले पत्रकार महासंघ बझाङलाई सहयोग गरेका स्वास्थ्य सामाग्रीहरु महासंघले बितरण गरेको हो ।
सिहंले दिएका माक्स, सेनिटाईजर र फेस माक्स बझाङका रेडियोहरु साईपाल एफएम, बझाङ एफएम, जनमुखी एफएम, रेडियो खप्तड आवाज, सेती एफ एममा पुगेर वितरण गरेको पत्रकार महासंघका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनुभयो । उहाँले केदार एफएम, थलारा एफएम, रेडियो सेरोफेरो र जिल्लामा क्रियाशिल पत्रकारसंग समन्वय गरेर बाड्ने कार्य जारी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पत्रकारहरुका विभिन्न समस्याहरु समाधान गर्ने तर्फ लागी रहेको पनि बताउनुभयो । साथै महासंघको टोलीले सम्बन्धीत रेडियोहरुमा आएर लकडाउनको समयमा पत्रकारहरुले झेल्नु परेका समस्याका बारेमा जानकारी लिएको छ ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै पत्रकार महासंघ बझाङका सचिव ललित बहादुर सिहले यस कोरोना महामारीका बेला अग्रपंतिमा रहेर काम गर्ने पत्रकारहरुलाई स्वास्थ सामाग्री वितरण गरिएको र उनिहरुका समस्या बुझेको बताउनुभयो ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा पत्रकार महासंघका सहसचिव दोरेन्द्र खड्का, नेपाल फोटो पत्रकार महासंघ कैलालीका अध्यक्ष पाण्डव पुजाराको पनि सहभागीता रहेको थियो ।


1387 पटक हेरिएको 









