बझाङ । नेपाल तरुण दल बझाङका अध्यक्ष बिष्णु ऐडिले समाजिक संञ्जालमा अभियान सञ्चालन गरि ३ वटा अक्सीजन कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पताल बझाङलाई हस्तान्तरण गर्नु भएको छ । कोरोनाको महामारी दिन प्रति दिन बिकराल भई रहेका बेला अध्यक्ष ऐडिले देश तथा बिदेशमा बस्नुहुने आफ्ना शुभचिन्तक साथीहरुको सहयोगबाट अक्सीजन कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पतालमा एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको हो ।
देश भरि अक्सिजनको अभाबमा भई रहेका बेला जिल्लामा ३ वटा कन्सन्टे«टर उपलब्ध भएपछि ठूलो राहत मिलेको छ । अध्यक्ष ऐडिले सामाजिक सन्जाल फेसबुकमा कन्सन्ट्रेटर खरिद गरि जिल्ला अस्पतालमा अक्सीजनको अभाबलाई कम गर्न अभियान संञ्चालन गरेपछि बिदेशमा रहेका नेपाली तथा बझाङबासीले यस अभियानमा सहयोग गरेका थिए । अध्यक्ष ऐडिले भन्नुभयो , अमेरिका ,कोरिया, जर्मन , जापान , भारत र नेपालमा रहेका आफ्ना शुभचिन्तक साथी भाईहरुबाट यो परोपकारि कामका लागी बिषेश सहयोगबाट यो हस्तान्तरण गर्न सफल भएका छौ । अझै जिल्लाका १२ वटै स्थानीय तहहरुमा कम्तीमा पनि एक एक वटा सहयोग गर्न पाए अझै राम्रो हुने थियो ।उहााले दुई वटा जिल्ला अस्पताल बझाङ र एक वटा छबिसपाथीभेरा गाउँपालिकालाई हस्तान्तरण गरिने समेत बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले भन्नुभयो, यस्तो महामारीको बेला यस्तो पुण्ड काम गर्नु आफैमा राम्रो काम भएकाले ऐडिको टिमलाई बिषेष धन्यबाद दिनुभयो । त्यौ जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले यी साम्रागीले जिल्ला अस्पताललाई निकै राहत मिलेको बताउनुभयो । बझाङका युवाहरुमा माझमा निकै लोकप्रिय रहेका अध्यक्ष ऐडि राजिनिती संगै समाजसेवामा लागेर बिपत्ती तथा बिभिन्न समाजिक अभियानमा समेत नेतृत्वदायि भुभिका निर्वाह गर्नु आउनुभएको छ ।


664 पटक हेरिएको 









