बझाङ : बझाङको कालंगा नदीमा मृत भेटिएका पुरुषको पहिचान खेलेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका– ४ मा बन्दै गरेको कालंगा हाइड्रो पावर स्टेशन नजिक कालंगा नदीको विचमा अड्किएको अवस्थामा शव भेटिएका पुरुष बुंगल नगरपालिका १० का अन्दाजी ३७ बर्षिया डम्बर बाग पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
शवको पहिचान भईकासकेकाले शवलाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने लागिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र कार्कीले बताउनु भयो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली खटिएको समेत कार्कीले बताउनु भएको छ ।


454 पटक हेरिएको 








