बझाङ : जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् । दुर्गाथली गाउँपालिका वडा नं ३ रकैल कि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् ।
दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घर
नफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि जिल्ला प्रहरी कार्यालाय बझाङले जनाएको छ । घटना के कारणले भएको हो भन्ने बारे जानकारी हुन नसकेको बझाङ प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले बताए ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।


377 पटक हेरिएको 










