बझाङमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका- ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घटनास्थलमै मृत्यु भएको हो ।
स्थानिय चार जना महिला आईतबार बिहान माटो लिन जयपृथ्वी नगरपालिका ३ आमपाटा गएका थिए । माटो खन्दै गर्दा एक्कासी ढिस्को भत्कीएर पुरिएपछि सँगै गएका महिलाले स्थानीयलाई खबर गरेका थिए ।
ढिस्कोले पुरिएकाको अवस्थामा स्थानीय तथा प्रहरीको सक्रियतामा शव निकालिएको हो । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल बझाङमा राखिएको मृतकका आफन्त नविन वमले बताए ।


1882 पटक हेरिएको 










