सन्जिता धामी बझाङ । बझाङकाे देउरामा महाशिवरात्रीको अवसर पारी साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ।
केदारस्युँ गाउँपालिकाकाे नव प्रतिभा सामाजिक विकास तथा साँस्कृतिक समाजले साँस्कृतिक महोत्सव २०७७ को आयोजना गर्ने भएको हो ।
आयोजकका अनुसार देउरा बजारकाे खुला मञ्चमा फागुन २७ गते देखि चैत्र २ गते सम्म महोत्सव सञ्चालन गरिने छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकार तथा माेडेलकाे बेजोड प्रस्तुति रहने छ ।
महोत्सव सञ्चालनका लागि नव प्रतिभा सामाजिक विकास तथा साँस्कृतिक समाज र बजार व्यवस्थापन समिति देउरा बझाङले सहयोग गरेको बताइएको छ ।


1327 पटक हेरिएको 










