बझाङ । भदौ २० गते सिमा प्रहरी चौकीमा रहेका सबै प्रहरी भोक भोकै बस्नु पर्यो । २१ गते विहान सबेरै उठेर सिमा प्रहरी चौकीमा रहेका ३ जना प्रहरीको टोली शैनगाँउकी रुप्सी बोहराको घरमा पुगे । झिसमीसेमा नै प्रहरी आगनमा आएको देखेपछि उनिहरु घरपरिवारका सदस्यहरु नै अलमलमा परे । के भयो होला एका विहानै प्रहरी किन आए भनेर बोहराको मनमा चिसो पस्यो । बोहराले प्रहरीलाई सोधपुछ गर्दा राती भोक भोकै बसेका कारण अन्न पैचो माग्न आएको प्रहरीले बताए । बोहराको घरमा पनी प्रसस्त अन्न थिएन । तर पनी आफु संग भएको २ कट्टा चामल मध्ये १ कट्टा प्रहरीलाई दिनु पर्यो । झण्डै ५ दिन त्यही एक कट्टा चामलले जेनतेन गुजारा चलायो । मागेको त्यो खाद्यान्न पनि सकीयो । एक दुई दिन गाँउलेहरु संग भएको खोले तथा उवाले जेनतेन छाक टारीयो । त्यसपछि फेरी गाँउकै भिम रोकायाको घर बाट एक कट्टा चामल लिएर भान्छामा खाना पाक्यो । कहीले दाल हुदैन । कहीले खानका लागी अन्न हुदैन । अहिले सम्म यसरी नै सिमा प्रहरी चौकीमा कार्यरत प्रहरीले गुजारा चलाउदै आई राखेको अवस्था छ । भदौ २४ गते सिमा प्रहरी चौकी मा गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीको पुग्नु भयो । खाद्यान्नको समस्या प्रहरीले बताए पछि गाँउकै एक जना स्थानीय बाट फेरी एक कट्टा चामल निकालेर दिनु भयो । अहिले त्यही एक कट्टा चामलको भरमा गुजारा चलाई राखेको छ सिमा प्रहरी चौकी धुली ।
उसो त २०७५ साल साउन २५ गते प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालीन डिएसपि गणेश बम सिमा प्रहरी चौकी धुली पुग्नु भयो । त्यहाँ कार्यरत प्रहरीहरु निकै खुसि भए । आफ्ना दुख बुझ्न हाकीमहरु आए भन्दै मख्ख भए । तर उनिहरुका दुख नत प्रमुख जिल्ला अधिकारीले बुझ्न खोज्नु भयो नत तत्कालीन डीएसपि बमले नै । त्यो टोली फर्कीयो । आफ्ना दुख भन्ने हामीमलाई यहाँ कार्यरत प्रहरीले आँट गरेनन् । यस्तै २०७५ साल चैत्र २२ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेस सुनार सहीतको टोलीले पनी सिमा प्रहरी चौकी धुलीको अनुगमन गर्योे । तर त्यतीबेला पनी उस्तै समस्या थियो । हामीमहरु आउदा आफ्ना दुख बुझ्लान भन्ने आसा यहाँ कार्यरत प्रहरीको हुन्थ्यो । तर उक्त आसा सपनामा नै सिमीत हुने गरेको यहाँ कार्यरत प्रहरीले सामुहीक रुपमा गुनासो गरे ।
स्थानीय शिक्षक धन बहादुर विष्ट भोटेले भन्नु भयो । हामीमहरुत आउन्छन् तर उनिहरुका दुख जस्ताका त्यस्तै हुन्छन् । सरकारका कर्मचारीहरु नै भोकभोकै बस्नु पर्ने अवस्था हुन्छ भने हामी सर्वसाधारणको कस्तो हालत होला ? यसमा सरकारले ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । साथै विष्टले प्रहरीले खाद्यान्नको सट्टा नगद रुपैया पाउने भएपनि यहाँ नगद हालेर खाद्यान्न समेत किन्न नपाईने समस्याका कारण प्रहरीले भोक भोकै बस्नु पर्ने अवस्था आउने गरेको बताए । उनले नेताहरु घुम्ने हेलीकोप्टरमा खाद्यान्न ढुवानी गरी दिए सहज हुने समेत बताए ।
यो समस्या सिमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीलाई मात्रै नभएर साईपाल गाँउपालिका वडा नम्बर ४ र ५ का केही गरीब घर परिवारमा समेत रहेको छ । जिल्लाकै सबै भन्दा विकट भएका कारण यहाँ बर्खाको यो समयमा भेडा खच्चड सम्म जाने बाटो नभएका कारण खाद्यान्न अभाव भएको हो । सदरमुकाम चैनपुर बाट झण्डै तिन दिनको पैदल यात्रामा पर्ने यो धुली, न्युन्ना, बलौडी, शैनगाँउ, जगेरामा खाद्यान्न अभाव रहेको छ ।
सिमा प्रहरी चौकी धुलीमा कार्यरत नवकुल सिहँलाई प्रहरीकै जागीर खाएको १७ बर्ष भयो । उनी अहिले सम्म १०।१२ जिल्ला भन्दा बढी जागीरकै शिलसिलामा घुम्नु भएको छ । तर यस्तो खाद्यान्नको अभाव भने उहाँले खेप्नु भएको छैन । उनि भन्दा बढी प्रहरी हवल्दार जय बहादुर तिरुवा ४०।४५ जिल्लामा पुगेको सुनाउन्छन् । उनले आफुले संकट कालको भन्दा बढी दुख पाएको सुनाए । उनले भने संकट कालमा त खानाका लागी त पाईन्थ्यो । तर यहाँ पैशा भएर पनी खाद्यान्न पाईदैन । खाद्यान्न आउने भनेको भेडा खच्चड बाट नै हो । अहिले बाटो ठाँउ ठाँउमा पहिरो, खोला भएका कारण खच्चड र भेडा पनी नआउने भएकाले खाद्यान्न संकट भएको सुनाए ।
यहाँका स्थानीय बासिन्दाहरुले बर्षभरीका लागी पुग्ने तरीकाले खाद्यान्न जम्मा गरेर खाख्दा रहेछन् । सिमा प्रहरी चौकीमा भर्खरै सरुवा भएर पुग्नु भएका असै तथा ईन्चार्ज दिर्घ बहादुर ऐरले भन्नु भयो प्रहरीको कती बेला सरुवा हुन्छ पत्तो हुदैन । खाद्यान्न जम्मा गर्नका लागी पनी समस्या हुने र ठाँउ समेत नभएका कारण यहाँ कार्यरत सबै प्रहरीहरुले खाद्यान्नको समाना गर्दै आउनु परेको आफुले बझेको बताए । हाल सिमा प्रहरी चौकी धुलीमा अहिले असै दिर्घ बहादुर ऐरको कामान्डमा ४ जना हवल्दार , ४ जना प्रहरी जवान र एक जना प्रहरी कार्यलय सहयोगी गरी १० जना कार्यरत रहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि रुपक खड्काले भने यस विषयमा सिमा प्रहरी चौकीमा बुझ्ने बताउनु भयो । यस्तै सुदुरपश्चिम प्रदेशका निमीत्त कार्यलय प्रमुख एसएसपि मुकेश सिहँले रासनको पैशा बझाङ जिल्लाका अन्य स्थानीय तहहरु भन्दा बढी दिने गरेको र रासनको सट्टा नगद नै दिने भएका कारण स्वयम् प्रहरीले नै रासनको ब्यावस्था गर्नु पर्ने बताए । एसएसपी सिहँले यसका लागी आफ्नो क्षेत्र बाट गर्ने सहयोग गर्ने र खाद्यान्नको समस्या नै भए जिल्ला बाट पनी खाद्यान्न पठाउने बतावरण बनाउने बताए । यस्तै साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले भने खाद्यान्नको संकट भएको स्वीकार गर्दै आफ्नो क्षेत्र बाट हुने सहयोग गरी रहेको र खाद्यान्न ढुवानी गर्नका लागी गाँउपालिकाले भाडा सम्म दिने गरेको बताउदै उनले खच्चड, भेडा समेत जाने बाटो नभएका कारण थप समस्या भएको र यसका लागी प्रदेश सरकार र केन्दीय सरकारले पहल गर्न जरुरी रहेको बताए ।


645 पटक हेरिएको 









