चैनपरका एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए संगै सदरमुकाममा त्रास

  शैलेन्द्र रोकाया  2080 पटक हेरिएको

बझाङको सदरमुकाम चैनपुरमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि सदरमुकाम चैनपुरमा त्रास बढेको छ ।
मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडीकलमा कार्यरत स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन मिलन खड्काले बताए । मेडिकलमा कार्यरत ति स्वस्थ्यकर्मीले दैनिक जसो सयौ मान्छेको सम्र्पकमा आएको हुन सक्ने भन्दै उनको कन्ट्रयाक टे«सिङ्ग गर्ने काम भई रहेको डाक्टर खड्काले जानकारी दिए ।
उनी केदारस्युँ गाउँपालिका ९ का २७ बर्षीया पुरुष हुन । उनि अहिले जिल्ला अस्पतालको आईसोलेशनका बसेको उनले जानकारी दिए । यो संगै बझाङमा स्थानीय संक्रमितको संख्या दुई पुगेको छ । यो संगै कोराना संक्रमण समुदाय स्तरमा गई सकेकाले सबैलाई सचेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
यस अघि बुगंल नगरपालिकाका एक स्थानियमा संक्रमण देखिएको थियो । मंगलबार भएको परिक्षणमा बझाङका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धरा प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार मंगलबार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार