बिथ्थडचिरकी छात्रा प्रतिभाले गरिन एसइईमा जिल्ला टप

  रमेश बाेहरा  6663 पटक हेरिएको

बझाङ जिल्लाको दुर्गम बित्थडचिर गाउँपालिका–२ स्थित महादेव माध्यमिक विद्यालय, लिम स्याडीमा अध्ययनरत छात्रा प्रतिभा जोशीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लामै उत्कृष्ट सफलता हासिल गरेकी छन्।

जोशीले ३.९६ जीपीए (९९ प्रतिशत) प्राप्त गर्दै बझाङ जिल्लामै टप गरेकी हुन्। विद्यालयमा अनुशासित, लगनशील र इमान्दार विद्यार्थीको रूपमा परिचित जोशीको यो सफलता दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा पनि उत्कृष्ट शिक्षण र अध्ययन हुनसक्छ भन्ने सन्देश दिएकाे छ।

बित्थडचिर गाउँपालिका–७ की स्थायी बासिन्दा प्रतिभाका बुबा विष्णु जोशी सोही विद्यालयका अङ्गेजी शिक्षक हुन् भने आमा सरकारी जागिरे हुन्।
विद्यालयका प्रधानाध्यापक हर्क बाेहराले जोशीको उपलब्धिले सम्पूर्ण विद्यालय तथा गाउँपालिकाको नाम उज्यालो बनाएको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार