अध्यक्ष रोकायाको पहलमा भारतिय दुतावास द्वारा खप्तडछान्ना लाइ एम्बुलेन्स हस्तान्तरण

  रमेश बाेहरा  488 पटक हेरिएको

भारतिय दुतावासले उपहार स्वरुप बझाङकाे खप्तड छान्ना गाउँपालिका लाई एम्बुलेन्स सहयोग गरेको छ। पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले खप्तड छान्ना गाउँपालिकालाई एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेका हुन्
गाउँपालिका अध्यक्ष राेकायाकाे समन्वय र सहकार्य पछि खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर राेकाया लाई चाबी हस्तान्तरण गरिएको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेको दुतावासले बताएको छ ।


आपसी मित्रताको प्रतीकका रुपमा भारतले हरेक वर्ष स्थानीय तह, स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपहार स्वरुप सहयोग गर्ने गरेको छ । विशेष गरि दुर्गम क्षेत्रका बिरामीको उद्धार र उपचार सहयोगका लागि भारतले एम्बुलेन्स उपहार दिएको हो ।
हस्तान्तरण कार्यक्रममा भारतीय दुतावासका प्रतिनिधिले नेपाल र भारत बीचको सम्बन्ध छिमेकी मात्र नभई पारिवारिक पनि भएकोले आपसी सहयोग र सहकार्य हुने गरेको बताउनु भयाे


गाउँपालिकाले दूतावाससँग माग गरे अनुसार नै प्राप्त भएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर राेकाया ले बताउनु भयाे  ।
पालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्याेउन निकै समस्या हुने गरेको थियो । अब पालिकाले नै एम्बुलेन्स सञ्चालनमा ल्याएपछि उक्त समस्या समाधान हुने स्थानीयको अपेक्षा छ । एम्बुलेन्स नहुँदा बिरामीलाई पिठ्युँ तथा स्टेचरमा बोकेर अस्पताल पुर्याकउनुपर्ने बाध्यता थियो
त्यस्तै आवश्यक समयमा गाडी नपाइने र पाएपनि महँगो भाडा तिर्नु पर्ने बाध्यता थियो । समयमै अस्पताल पुर्यााउन नसक्दा बिरामीको स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गरेको थियो । अब भने बिरामी हुँदा यहाँका नागरिकले भोग्नु परेका समस्याको समाधान हुने र पालिकावासीलाई उक्त एम्बुलेन्सबाट ठूलो राहत हुने गाउँपालिका अध्यक्ष  राेकायाले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार