केदारस्यु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी केसवराज भट्टलाई दिइएको छ। अधिकृत भट्ट लामो समयदेखि गाउँपालिकामा शिक्षा शाखा प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएको थियो।
पूर्व प्रमुख प्रशासकीय अधिकृत डा. रोहित गिरिको सरुवा पश्चात गाउँपालिकाको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।
भट्टले गाउँपालिकाको आर्थिक, प्रशासनिक तथा समग्र सेवा प्रवाहलाई सशक्त बनाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरू भट्टको अनुभव र निरन्तर सेवाबाट गाउँपालिकाको काम अझ प्रभावकारी हुने विश्वासमा छन्।
“उहाँले विगतमा पनि निरन्तरता र जिम्मेवारीसाथ काम गर्दै आउनुभएकोले अब प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा थप सशक्त सेवा हुने कुरामा स्थानीयले बिस्वास लिएका छन् ।


1046 पटक हेरिएको 







