नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार रोकायालाई नेपाल प्रेस युनियन बझाङले एक विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेर सम्मान गरेको छ ।

रोकाया हालै नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य पदमा मनोनीत भएपछि बझाङ शाखाले उहाँलाई बधाई एवं सम्मान गरेको हो । कार्यक्रममा बोल्दै प्रेस युनियन बझाङका पदाधिकारीहरूले रोकायाको लामो पत्रकारिता यात्राको उच्च मूल्याङ्कन गर्दै केन्द्रिय तहमा पुगेकोमा गौरवको अनुभूति भएको बताएका छन् ।

रोकाय बझाङ जिल्लाबाट २०६७ सालमा नेपाल प्रेस युनियन जिल्ला शाखाका अध्यक्ष पनि भइसकेका छन्। बझाङ जिल्लाबाट पहिलोपटक नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य पदमा मनोनीत हुने पहिलो ब्यक्ति हुन्।
उहाँको मनोनयनप्रति बझाङका पत्रकार, नागरिक समाज तथा सञ्चारकर्मीहरूले खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।
सम्मानपछि संक्षिप्त प्रतिक्रिया दिँदै रोकायाले भन्नुभयो, “म यस सम्मानबाट निकै प्रेरित भएको छु । म बझाङको पत्रकारिता क्षेत्रबाट राष्ट्रिय तहमा प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्दछु । यो सम्मान मेरो मात्र नभई, सम्पूर्ण जिल्लाका पत्रकारहरूको योगदानको परिणाम हो ।”कार्यक्रममा पत्रकारहरू, संघसंस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।


261 पटक हेरिएको 








