खतरनाक प्रेम अस्पताल संकटमा: एम्बुलेन्ससहित चालक फरार, बिरामीहरू जोखिममा

  रमेश बाेहरा  229 पटक हेरिएको

बझाङ जिल्ला अस्पतालको स्वास्थ्य सेवा समस्या भएको छ, जब अस्पतालका एम्बुलेन्स चालक नरेन्द्र बम्म अस्पतालकै एम्बुलेन्स लिएर एक विवाहित महिलासहित फरार भएका छन्। मंगलबार राति सिमखेतकी एक स्थानीय महिला बम्मद्वार फरार भएकि  हुन्।

बम्मले सरकारी एम्बुलेन्सलाई निजी प्रेम प्रसंगमा प्रयोग गरेपछि अस्पतालमा आकस्मिक सेवामा गम्भीर असर परेको छ। “रेफर गर्नुपर्ने गम्भीर बिरामीहरू अहिले समस्या झेलिरहेका छन्,” अस्पताल स्रोतले जानकारी दिएको छ।

फरार चालकले प्रयोग गरेको एम्बुलेन्स अछाममा भेटिए पनि चालकको हालसम्म कुनै अत्तोपत्तो छैन। अस्पतालको आधिकारिक फेसबुक पेजमार्फत एम्बुलेन्स हाल सुरक्षा निकायको निगरानीमा रहेको पुष्टि गरिएको छ।

यो घटनाले सरकारी सेवामा लापरवाही र व्यक्तिगत सम्बन्धका कारण सार्वजनिक सेवामा कस्तो असर पर्न सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार