बझाङमा गिट्टी संकलन गर्दा माथिबाट खसेको ढुंगाले लागी छाया गम्भीर घाइते

  रमेश बाेहरा  546 पटक हेरिएको

बझाङ :बझाङको सुर्मा गाउँपालिका–२ डोगडीकी २७ वर्षीया छाया बोहरा माथिबाट खसेको ढुंगाले लाग्दा गम्भीर घाइते भएकी छन्।

बिहिवार दिउँसो करिब १ बजे गिट्टी (ढुंगा) संकलन गर्ने क्रममा उनी माथिबाट खसेको ढुंगाले टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी हुन्। प्रहरीका अनुसार उनी घरबाट करिब १ किलोमिटर टाढा गिट्टी संकलन गरिरहेका बेला एक्कासी माथिबाट खसेको ढुंगाले निधारमा लागेको थियो।

घटनापछि स्थानीयले उनलाई तत्कालै जिल्ला अस्पताल बझाङ पुर्‍याएका थिए। उपचारका क्रममा उनको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला  प्रहरी कार्यालय बझाङले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार