बझाङ । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो।
बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


279 पटक हेरिएको 








